पोखरा ।
पोखरा महानगरपालिकाले तिहार लक्षित अनुगमन गरेको छ ।
प्लाष्टिकजन्य माला र गुच्छाको बेचबिखन भइरहेको गुनासो पछि महानगरले बजार अनुगमन गरेको हो । महानगरले मुख्य बजार क्षेत्रमा गरेको अनगुमनका क्रममा प्लाष्टिकका माला र विभिन्न प्रकारका बुकी बनाएर बिक्री गरेको पाइएको छ । नयाँबजार, मेहेन्द्रपुल, चिप्लेढुङगा र न्युरोडका पसलमा भएको अनुगमनमा प्लाष्टिकका माला विक्री गरेको पाइएको हो ।
पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराका प्लाष्टिकजन्य फुलका माला र गुुच्छा बिक्री गर्ने ८ वटा पसलमा अनुगमन गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागले प्लाष्टिकजन्य गुच्छाको उत्पादन आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ ।
सरकारले प्लाष्टिकजन्य माला र गुच्छाको बेचबिखनमा वातावरण संरक्षणका लागि भन्दै प्रतिबन्ध लगाएको छ । तर सरकारको निर्णय अनुसार व्यवसायीले कार्यान्वयनमा अटेर गरे पछि अनुगमन गरिएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले जानकारी दिए ।
विगत वर्षमा भन्दा प्लाष्टिकको माला कम मात्रामा बजारमा देखिएको कडरियाले बताए । अझै पनि व्यवसायीमा प्लाष्टिकको माला आयात र बिक्रीमा रोक लगाइएको वारे जानकारी नभएकाले उनले व्यवसायीलाई सचेत गरिएको बताए ।
फूल पसल, टेन्ट र सजावटका सामान बेच्ने पसलमा प्लाष्टिकका माला विक्री हुने गरेका छन् । यस्तै अनुगमनका क्रममा झिलिङगा बनाउदा रंग मिसावट भएको पाइएको छ । रंगको प्रयोग रोक लगाइए पनि झिलिङगा विभिन्नप्रकारका रंग राखेर आकर्षक बनाउने गरिएको छ । जसकको कारण मानव स्वास्थ्य गम्भिर असर पर्ने विज्ञको भनाई छ । सरकारले पनि खाध्य बस्तुमा रंगको प्रयोग निषेध गरेको छ ।
अनुगमनको क्रममा ३० हजार बराबर मुल्य पर्ने प्लाष्टिकका माला र बुकी जफत गरिएको छ । भने भिलिइगा उद्योग र व्यवसायीलाई सचेत गरिएको महानगरले जनाएको छ ।
प्रकाशित मिति २०८१ कात्तिक १३ गते मंगलबार ०७:२७




