२०८३ साउन २१ गते बिहीबार

नागरिक सर्वाेच्चताका लागि जुर्मुराए पाेखरेली

नागरिक सर्वाेच्चताका लागि जुर्मुराए पाेखरेली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १७ गते शनिबार ०९:३५

पाेखरा ।   प्रतिनिधिसभा विघटनकाे बिरूद्दमा नागरिक सर्वाेच्चताकाे लागि पाेखरामा नागरिकहरू नै जागरूक भएका छन् । प्रतिनिधिसभा विघटनका बिरूद्दमा  पाेखराका नागरिकहरूले सनिबार स्वत स्फुर्त विराेध सभाकाे आयोजना गरेको गरे । समूहकाे...

प्रतिगमनका विरूद्दमा पाेखरेली सडकमा

पाेखरा ।   प्रतिनिधिसभा विघटनकाे बिरूद्दमा नागरिक सर्वाेच्चताकाे लागि पाेखरामा नागरिकहरू नै जागरूक भएका छन् । प्रतिनिधिसभा विघटनका बिरूद्दमा  पाेखराका नागरिकहरूले सनिबार स्वत स्फुर्त विराेध सभाकाे आयोजना गरेको गरे ।

समूहकाे र्याली पाेखराकाे मानवअधिकारचोकबाट शुरू भएर महेन्द्रपुलस्थित भीमसेन चोकमा पुगि सभामा परिणत भएकाे थियाे ।

विरोध सभामा बाेल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले  संविधान अनुसार चल्नुपर्ने मुलुक काेहि कसैकाे सनकबाट चल्न खाेजेकाेले नागरिकहरू सडकमा निस्कनुपरेकाे बताए ।

साहित्यकार गनेस पौडेलले अहिलेका शासकहरूले एकपछि अर्काे गर्दै नागरिक विश्वासका धराेहर भत्काउँदै गएकाेमा चिन्ता व्यक्त गरे ।  उनले अहिले याे वा त्याे दलकाे काम ठिक वा बेठिक भन्नुभन्दा पनि नागरिक सर्वाेच्चताका बारेमा साेच्नुपर्ने उल्लेख गरे । प्रधानमन्त्रीकाे अहिलेकाे कदम संसद विघटन मात्र नभएर संविधानमाथिकै हमला भएकाे उनकाे जिकिर थियाे ।

कार्यक्रमका अवसरमा निर्मला न्यौपानले, सुदर्शन पाैडेल लगायतले सम्बाेधन गरेका थिए भने सहभागीहरूले प्रतिगमन विरूद्दमा कविता, गीत प्रस्तुत गरेर विराेध जनाएका थिए ।

प्रकाशित मिति २०७७ माघ १७ गते शनिबार ०९:३५

हजुरको प्रतिक्रिया