२०८३ साउन २१ गते बिहीबार

रुकुमबाट काठमाडौँ छुटेको बस बागलुङमा दुर्घटना हुँदा २१ जना घाइते

रुकुमबाट काठमाडौँ छुटेको बस बागलुङमा दुर्घटना हुँदा २१ जना घाइते

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ कात्तिक २१ गते बुधबार ०५:५४

बुधबार दिउँसो साढे ४ बजेतिर रुकुमपूर्वबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको बस दर्घटना हो । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक सुनिल चिलुवालले बताए ।

बागलुङ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बुधबार दिउँसो साढे ४ बजेतिर रुकुमपूर्वबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको बस दर्घटना हो । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक सुनिल चिलुवालले बताए ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी निसीखोलाबाट टोली खटाइएको उनको भनाइ छ । घाइतेको पहिचान खुल्न बाँकी छ । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ३० किमि र सदरमुकामबाट १ सय २० किमि पश्चिममा पर्छ । घटनामा थप उद्धारको काम भइरहेको चिलुवालले जानकारी दिए ।

प्रकाशित मिति २०८१ कात्तिक २१ गते बुधबार ०५:५४

हजुरको प्रतिक्रिया