२०८३ साउन २१ गते बिहीबार

दाङबाट भ्रमणका लागि पोखरा आएको बस दुर्घटना हुुँदा २ जना घाइते

दाङबाट भ्रमणका लागि पोखरा आएको बस दुर्घटना हुुँदा २ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २२ गते बिहीबार ०३:५५

विहीबार दिउँसो साँढे १२ बजे पुम्दीकोटबाट छारेपाटन तर्फ आउँदै गर्दा रा १ ख २१०५ नम्बरको मिनी बस नियन्त्रण गुमाउँदा सडक छेउको तिदुको रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । दाङको नव युग डान्स क्लबको बस पोखरा भ्रमणमा आएको थियो ।

पोखरा ।

दाङबाट भ्रमणका लागि पोखरा आएको बस दुर्घटना हुुँदा २ जना घाइते भएका छन् ।

विहीबार दिउँसो साँढे १२ बजे पुम्दीकोटबाट छारेपाटन तर्फ आउँदै गर्दा रा १ ख २१०५ नम्बरको मिनी बस नियन्त्रण गुमाउँदा सडक छेउको तिदुको रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । दाङको नव युग डान्स क्लबको बस पोखरा भ्रमणमा आएको थियो ।

रुखमा अड्किएको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटाई उद्धार कार्य गरिएको छ ।

बसमा ७ महिला र १७ पुरुष गरि जम्मा २४ जना सवार बसमा दुई जना घाइते भएका भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा दाङ तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने १७ वर्षीय सन्ध्या रसाईली र दाङ तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने १९ वर्षीय मनिषा रसाईसी भएको सूचना अधिकारी शर्माले जानकारी दिए ।

घाइतेको अवस्था सामान्य रहेको र थप उपचारका लागि विरौटा स्थित नमस्ते अस्पातालमा पठाएको प्रहरीले जनाएको छ । उक्त बस क्रेनको सहायताले निकाल्ने प्रयास भईरहेको छ ।

प्रकाशित मिति २०८१ कात्तिक २२ गते बिहीबार ०३:५५
हजुरको प्रतिक्रिया