२०८३ साउन २१ गते बिहीबार

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न माग

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २४ गते शनिबार ०६:४८

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ ।

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ ।

संघले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममाम हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्वपूणर् हुने कुरामा पर्यटन व्यवसायी एक मत भएका थिए । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग राखे ।

ज्ञापनपत्रमा होटललाई उद्योग सरह मान्यता दिई सोही अनुसारको व्यवहार गर्नुपर्ने, कृषि र उर्जा जस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि प्रदान गरिनुपर्ने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न शहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्ने विषय उठाइएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले विभिन्न सहुलियत दिँदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण जहाज उडान सम्वन्धि प्राविधिक कारण हो वा अन्य त्यो मन्त्रालयले प्राविधिक टोलीसँग बुझ्ने बताए । सोही अवसरमा उनले होटल संचालनका सम्बन्धमा सरकारले नयाँ मापदण्डको तयारी थालेको जानकारी पनि दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै पोखराबाट अन्तर्राट्रिय उडान, सडक मार्गको शीघ्र स्तरोन्नती तथा कोरला नाकाको सहज र नियमित संचालनको विषय उठाए ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण्टा सम्म बन्द गर्नुपर्ने अवस्था आउँदा र नयाँ विमानस्थल सदुपयोग नगरिदा सरकारले विकल्प नखोजेको र यतातर्फ ध्यान नदिएको सन्देश गएको बताए ।

प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०६:४८
हजुरको प्रतिक्रिया