२०८३ साउन २१ गते बिहीबार

फेवा तालमा नेपाल-चीन फोटो प्रदर्शनी

फेवा तालमा नेपाल-चीन फोटो प्रदर्शनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २४ गते शनिबार ०६:५५

पोखरा फेवा ताल किनारमा नेपाल-चीन फोटो प्रदर्शनी गरिएको छ ।

पोखरा ।

पोखरा फेवा ताल किनारमा नेपाल-चीन फोटो प्रदर्शनी गरिएको छ ।

पोखराको बाराहीघाटमा गरिएको प्रदर्शनीामा नेपाल र चीनका विभिन्न पर्यटकीय तथा संस्कृति झल्काउने तस्बिरहरु राखिएको छ । चीनका तस्बिर चाइना कल्चरल इन नेपाल र युनान प्रोभेन्सियल माउन्टिनियरिङ एण्ड आउटडोर स्पोर्टस् एशोसिएसन र नेपालका तस्बिर फोटो पत्रकार संघ कास्कीले राखेका हुन् ।

बाराही घाटमा भएको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागीले प्रदर्शनका तस्बिरको अवलोकन गरेका थिए । कुल तीनवटा स्टलमा १ सय ८० को हाराहारीका तस्बिर राखिएको थियो ।

गण्डकीभित्र रहेका पर्यटकीय क्षेत्रहरू, संस्कृतिहरू र पर्यटन क्षेत्रका झण्डै ६० वटा फोटोहरू प्रदर्शनीमा राखिएको फोटो पत्रकार संघ कास्कीका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए । चीनतर्फ युनान प्रान्त, पर्वतीय खेल सामग्री, खेल संस्कृति तथा परियोजनासँग सम्बन्धित विभिन्न तस्बिरहरू राखिएका थिए ।

प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०६:५५
हजुरको प्रतिक्रिया