२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा चारदिने बृहत शैक्षिक कार्यक्रम हुँदै

म्याग्दीमा चारदिने बृहत शैक्षिक कार्यक्रम हुँदै

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ कात्तिक २७ गते मंगलबार ०५:४७

विद्यार्थीको शारीरिक, मानसिक तथा स्वास्थ्य परामर्शका साथै अतिरिक्त क्रियाकलापमा केन्द्रित भएर चारदिनसम्म म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित जनकल्याण माविमा चार दिने बृहत शैक्षिक कार्यक्रम सोमबारदेखि सुरू भएको छ ।

म्याग्दी ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको विद्यार्थी कल्याणकारी कार्यक्रम अन्तरगत काठमाडौँ विश्वविद्यालय (केयू) सँगको सहकार्यमा आयोजित कार्यक्रमको वडा अध्यक्ष गोविन्द्र बानियाँले उद्घाटन गरेका थिए । पछिल्लो समय विद्यार्थी विद्युतीय उपकरणमा व्यस्त हुदाँ विभिन्न समस्या देखिएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीको दैनिक गतिविधि र पठनपाठनमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

तालिममा हेरचाह परामर्श, टाइपिङ प्रतिस्पर्धा, वित्तिय साक्षरता, बचत गर्ने बानी, हाजिरीजवाफ प्रतियोगिता र अन्तर विद्यालय फुटबल प्रतियोगिता लगायतका कार्यक्रम हुने छन् । कार्यक्रममा केयूका निश्चल भट्टराईको नेतृत्वमा सुदिप चौलागाई, रोनित सिंह, आकाश बन्जडा र आशिष बरालको नेतृत्वमा विद्यार्थीका सिकाई गतिविधि केन्द्रित गरिएको छ । मोना अस्ट्रेलियाले विद्यार्थीको पठनसंस्कृतिलाई सघाउने गरी सञ्चालन गरेको कार्यक्रममा बेनी नगरपालिका भित्रका १० विद्यालय सहभागि छन् ।

प्रकाशित मिति २०८१ कात्तिक २७ गते मंगलबार ०५:४७
हजुरको प्रतिक्रिया