२०८३ साउन २१ गते बिहीबार

लाईसेन्स बनाईदिन्छु भन्दै विभिन्न ब्यक्तीसंग पैसा उठाउने एक जना पक्राउ

लाईसेन्स बनाईदिन्छु भन्दै विभिन्न ब्यक्तीसंग पैसा उठाउने एक जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ २५ गते आइतबार ०५:४२

पाेखरा । सवारीचालक अनुमतिपत्र बनाइदिन्छु भन्दै विभिन्न व्यक्तीसंग रकम उठाएकाे आराेपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेकाे जनाएकाे छ । ट्रायल तथा लिखित परिक्षामा फेल भएपनि  सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भन्दै रकम उठाइरहेका...

ठगी सम्बन्धी कसुर अन्तर्गत दिन -१० दिन म्याद थप गरि अनुसन्धान गरिँदै- कास्की प्रहरी

पाेखरा । सवारीचालक अनुमतिपत्र बनाइदिन्छु भन्दै विभिन्न व्यक्तीसंग रकम उठाएकाे आराेपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेकाे जनाएकाे छ । ट्रायल तथा लिखित परिक्षामा फेल भएपनि

 सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भन्दै रकम उठाइरहेका खगेन्द्र प्रसाद काफ्लेलाई प्रहरीले प्रकाउ गरेकाे जनाएकाे हाे ।

नीजले ‘मेरो यातायात कार्यालयको कर्मचारीसँग चिनजान छ ट्रायल तथा टेष्टमा समेत फेल भएमा सजिलै लाइसेन्स निकालिदिन्छु भनी बिभिन्न व्यक्तिहरूबाट उठाइरहेको कागजपत्र, लाइसेन्स- ३ थान, बिभिन्न नमुना प्रश्नपत्र, नगद रु.उनान्नब्बे हजार छ सय बिस रुपैयाँ र मोबाइल थान -२ सहित  काफ्लेलाई पक्राउ गरेकाे जिप्रका कास्कीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

वालिङ नगरपालिका वडा नं.१ स्थायी घर भई हाल जिल्ला  कास्की पोखरा म.न.पा.वडा नं.१४ चाउथे स्थित मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेड सञ्चालन गरी बस्ने वर्ष ४९ को खगेन्द्र प्रसाद काफ्ले यहि प्रकृतीकाे घटनामा यसअघि समेत पक्राउ परेका थिए ।

निजलाई ठगी सम्बन्धी कसुर अन्तर्गत दिन -१० ( दश ) म्याद थप गरि अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति २०७७ माघ २५ गते आइतबार ०५:४२
हजुरको प्रतिक्रिया