२०८३ साउन २१ गते बिहीबार

परियार सेवा समाजको प्रथम गण्डकी प्रदेश सम्मेलन सम्पन्न

परियार सेवा समाजको प्रथम गण्डकी प्रदेश सम्मेलन सम्पन्न

हिमाल किसान

@Public 4K Tv

२०८१ मंसिर १ गते शनिबार ०७:४७

गण्डकी प्रदेशभर रहेका परियार समुदायको प्रतिनिधित्व गर्ने व्यक्तिको उपस्थितिमा शनिबार पोखरामा प्रथम गण्डकी प्रदेश सम्मेलन गरिएको हो ।

पोखरा ।

परियार सेवा समाजले प्रथम गण्डकी प्रदेश सम्मेलन सम्पन्न गरेको छ ।

गण्डकी प्रदेशभर रहेका परियार समुदायको प्रतिनिधित्व गर्ने व्यक्तिको उपस्थितिमा शनिबार पोखरामा प्रथम गण्डकी प्रदेश सम्मेलन गरिएको हो ।

आयोजकले पोखराको चिप्लेढुङ्गा हुँदै सिर्जना चोक सम्म र्‍याली कार्यक्रम गरेको थियो । विभिन्न सामाजिक, आर्थिक कारणले पछि परेका परियार समुदायका व्यक्तिलाई मूल धारमा ल्याउने उद्देश्यले कार्यक्रय गरिएको आयोजकले जानकारी दियो ।

प्रथम सम्मेलनबाट आगामी कार्य दिशाका लागि कार्यसमिति चयन गरिने भएको छ । कार्यक्रमको सभापति गण्डकी परियार सेवा समाज गण्डकी प्रदेशका संयोजक कुमार परियार थिए । उनले समाजमा अझै पनि सबै व्यक्तिलाई समान व्यवहार नगरिनु विडम्वना भएको बताए ।

समाजमा आफ्नो सिपको प्रयोग गरि काम गरिरहेको भएता पनि विभिन्न शोषणमा पर्न गएको अवस्थामा यस सम्मेलनले हरेक दुःख पिदामा परेका परियार समाजको पक्षमा आवाज उठाउने समाजको दाबी थियो ।

समाजले गण्डकी प्रदेश भरि रहेका परियार समुदायको पहलका लागि कार्य गर्नेछ । सीमान्कृत अवस्थामा पुगेकालाई राज्यको मूल धारमा ल्याउनका लागि यस परियार समाजले योगदान दिँदै आएको आयोजकको भनाइ थियो ।

परिवार सेवा समाजका केन्द्रिय सदस्य रामचन्द्र परियारले चयन भएका कार्यसमितिले आगामी दिनमा परियार समुदायको हक हितका लागि काम गर्ने बताए । उनले संगठनले संगठनमात्र नभएर एउता विशिष्ट कार्यदिशा र एजेण्डा तय गरि काम गर्ने उल्लेख गरे ।

प्रकाशित मिति २०८१ मंसिर १ गते शनिबार ०७:४७
हजुरको प्रतिक्रिया