२०८३ साउन २१ गते बिहीबार

बस दुर्घटनामा १ को मृत्यु ३० घाईते

बस दुर्घटनामा १ को मृत्यु ३० घाईते

अस्मिता खनाल

@Public 4K Tv

२०८१ मंसिर २ गते आइतबार ०६:३७

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका ५ गोरे चौतारा घुम्तीमा आइतबार दिउँसो भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

तनहुँ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका ५ गोरे चौतारा घुम्तीमा आइतबार दिउँसो भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ । २ वटा यात्रुबाहक बस आपसमा ठोक्किदा भएको उक्त दुर्घटनामा अन्य ३० जना घाईते भएका छन् ।

पोखराबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १ ख ३४८७ न।को बस र काठमाण्डौबाट पोखरा तर्फ जादै गरेको गरेको जिएए ००७० न।को बस एक आपसमा ठक्कर खादा  बसका चालक तनहुँ ऋषिङ पाटन घर भई जिल्ला कास्की चाउथे बस्ने बर्ष ३९ का राम बहादुर परियारको मृत्यु भएको हो । चालक परियारको लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

घाईते डुम्रे स्थित मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८१ मंसिर २ गते आइतबार ०६:३७
हजुरको प्रतिक्रिया