२०८३ साउन २१ गते बिहीबार

सुनको भाउ आज पनि ओरोलोतर्फ

सुनको भाउ आज पनि ओरोलोतर्फ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ फागुन ६ गते बिहीबार १२:०२

पोखरा । गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ नयाँ कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ । बिहीबार छापावल सुन प्रतितोलामा...

पोखरा । गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ नयाँ कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ ।

बिहीबार छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला १३४० रुपैयाँका बिक्री भाउ कायम भएको चाँदीको आजको भाउ १३३५ रुपैयाँ तोकिको छ ।

प्रकाशित मिति २०७७ फागुन ६ गते बिहीबार १२:०२
हजुरको प्रतिक्रिया