सहकारीले खोल्यो फोहर संकलन केन्द्र
पोखरा । पोखरा १६ अर्मलामा ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फोहोर संकलन गर्न शुरु गरेको छ । यहाँहरुले फोन गरेर आफ्नो घरमा भएको नकुहीने फोहोर उक्त सहकारीलाई दिन सक्नु हुनेछ ।
सहकारीको पोखरा १६ अर्मलामा स्थापना भएको फोहोर संकलन केन्द्रको मंगलबार पोखरा महानगरपालिका मयेर मानबहादुर जिसीले उद्घाटन गरेका छन् । उनले यो योजना अनुरुप पोखरालाई हराभरा बनाउन सहयोग मिल्ने बताए ।
नकुहीने फोहोरहरुलाई पैसा नै तिरेर लिने ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास आचार्यले बताए । उनले फोहोर संकलन भएपछि फोन गरेर बोलाएमा घर लिन जाने बताए ।
अहिले प्लास्टिकका प्रति केसी ८ रुपैया कागज प्रति केजी १० रुपैया, फलाम प्रति केजी २५ रुपैया, कपडा प्रति केजी १० जना, तामा प्रति केजी ४ सय र वियरको बोटल प्रति गोता १ रुपैया तोकिएको बताए । अहिले ७५ जना शयेर सदस्य १५ लाखको पुजीँबाट शुरुवाता गरेको अध्यक्ष आचार्यले बताए ।
उद्घाट कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी, पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जिवन आचार्य, पोखरा १९ का अध्यक्ष शोभामहोन पौडेल, वडा नम्बर १ कि अध्यक्ष शारदा पराजुली लगाएतले शुभकामना दिएका थिए ।
हजुरको प्रतिक्रिया




