२०८३ साउन २१ गते बिहीबार

उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाश हुँदै

उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाश हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ५ गते बुधबार ०९:२९

आयोगले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय दिएको छ। कार्यतालिका अनुसार आजै दिउँसो ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने छ।

पोखरा ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश हुँदैछ ।

निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ ।

आयोगले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय दिएको छ। कार्यतालिका अनुसार आजै दिउँसो ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने छ।

उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले जनाएको छ । मतदान भने मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

यसअघि मंगलबार उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरिएको थियो । ४४ पदका लागि भएको मनोनयनमा जम्मा दुईवटा उजुरीमात्रै परेको थियो ।

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता गरेका छन् ।

उनीहरूमध्ये ६६ जना महिला, तीन सय ४२ जना पुरुष र अन्य दुई जना छन् ।

प्रकाशित मिति २०८१ मंसिर ५ गते बुधबार ०९:२९
हजुरको प्रतिक्रिया