२०८३ साउन २१ गते बिहीबार

लागु औषधसहित पोखरामा एक युवक पक्राउ

लागु औषधसहित पोखरामा एक युवक पक्राउ

हिमाल किसान

@Public 4K Tv

२०८१ मंसिर ६ गते बिहीबार ०५:४९

बुधबार दिउँसो १ बजेको समयमा ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलिले घिमिरेले लागू औषधको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा निजको घरकोठा खानतलासी गर्दा लागू औषध भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पनि लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिक नयाँवस्ती बस्दै आएका २६ वर्षीय कपिल घिमिरेलाई पक्राउ गरिएको हो ।

बुधबार दिउँसो १ बजेको समयमा ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलिले घिमिरेले लागू औषधको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा निजको घरकोठा खानतलासी गर्दा लागू औषध भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

उनको सुत्ने कोठाबाट लुकाई छिपाई राखेको डाईजापाम– २२८ एम्पूल, फेनेरागन– २१२ एम्पुल, र ब्रुफिन– २२२ एम्पूल गरी जम्मा ६६२ एम्पुल लागू औषध र मोवाईल फोन थान–१ समेत फेला बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको डीएसपी शर्माले जानकारी दिए ।

प्रकाशित मिति २०८१ मंसिर ६ गते बिहीबार ०५:४९
हजुरको प्रतिक्रिया