२०८३ साउन २१ गते बिहीबार

नेफिन जापानको अध्यक्षमा संजिव चामलिङ राई

नेफिन जापानको अध्यक्षमा संजिव चामलिङ राई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ फागुन ११ गते मंगलबार १०:१०

पाेखरा । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) जापानको अध्यक्षमा संजिव चामलिङ राई सर्वसम्मत चयन भएका छन् । भर्चुअल्ली सम्पन्न १७ औ महाधिवेशनले राईकाे नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेकाे हाे । महासंघ जापानकाे गठित समितिकाे...

पाेखरा । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) जापानको अध्यक्षमा संजिव चामलिङ राई सर्वसम्मत चयन भएका छन् । भर्चुअल्ली सम्पन्न १७ औ महाधिवेशनले राईकाे नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेकाे हाे ।

महासंघ जापानकाे गठित समितिकाे उपाध्यक्षमा शन्त कुमार पहारी, रित राना मगर, डेनी शेर्पा चयन सर्वसम्मत चयन भएका छन् । महासचिवमा शिशिर निङलेकु लिम्बू, सचिबमा कनैलाल चौधरी, महिला सचिबमा शुशील राई, कोषाध्यक्ष सुनिता श्रीष मगर तथा सदस्यमा सुदन राइ, प्रमिला राई, अपेक्षा मादेन लिम्बू, बाल बिक्रम तिगेला लिम्बु, बल डंगोल, अरुण भट्टचन, हरि चौधरी, टेक थामी र खेम गुरुङ चयन भएकाे जापानस्थित हाम्रा प्रतिनीधि रामचन्द्र राइले जानकारी दिएका छन् ।

नवगठित समितिले जापानका लागि नेपाली राजदूतावास नियोग प्रमुख अम्बिका जोशि , नेफिन केन्द्रका उपाध्यक्ष गोबिन्द छन्त्याल, एन आर एन ए जापानका अध्यक्ष देविलाल भण्डारी, नेफिन इजराईलका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो , नेफिन पोर्चुगलका अध्यक्ष हेम गुरुङ, नेफिन कोरियाका युगेल टेन्डुप शेर्पा , नेफिन मलेसियाका अध्यक्ष बिपिन राई, प्रवास नेफिनका सम्पूर्ण प्रतिनिधिलगायत महाधिवेसन सम्पन्न गर्न सहयाेग पुर्याउने सवैमा हार्दिक आभार व्यक्त गरेकाे जनाएकाे छ ।

यस्तै महासंघले  १७ औ महाधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने निर्वाचन कमिटी, विधान संशोधन समितिमा धन्यवाद ज्ञापन गरेकाे छ ।

प्रकाशित मिति २०७७ फागुन ११ गते मंगलबार १०:१०
हजुरको प्रतिक्रिया