२०८३ साउन २१ गते बिहीबार

समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गरौं :  पूर्ण बस्नेत

समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गरौं :  पूर्ण बस्नेत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ७ गते शुक्रबार १०:१०

‘नेपालमा समाजवादी आन्दोलनको क्षयीकरण र कांग्रेस कम्युनिष्टको भ्रष्टीकरण तीव्र गतीमा भइरहेको छ । समाजवादी आन्दोलनलाई व्यवस्थित नगर्ने हो भने मुलुकमा संकट झन गहिरिने पक्का छ,’ बस्नेतले भने ।

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गर्नुपर्ने बताएका छन् ।

समाजवादी आन्दोलनको आजको अवस्था र कांग्रेस कम्युनिष्टको चरित्रबारे टिप्पणी गर्दै बस्नेतले सो कुरा बताएका हुन् ।

‘नेपालमा समाजवादी आन्दोलनको क्षयीकरण र कांग्रेस कम्युनिष्टको भ्रष्टीकरण तीव्र गतीमा भइरहेको छ । समाजवादी आन्दोलनलाई व्यवस्थित नगर्ने हो भने मुलुकमा संकट झन गहिरिने पक्का छ,’ बस्नेतले भने ।

कांग्रेस कम्युनिष्टको विकल्पमा समाजवादी आन्दोलनलाई अगाडि बढाउने संकल्प गरेका समाजवादीहरु नै आज कांग्रेस कम्युनिष्टको टेको बन्ने होडबाजीमा लागेको उनको आरोप छ ।

‘समाजवादी आन्दोलनलाई कांग्रेस कम्युनिष्टकै कठपुतली बनाइन लागेको छ । समाजवादी आन्दोलनलाई तितरबितर पार्ने कोसिस भइरहेको छ, बेलैमा सजग र सचेत भई अगाडि बढ्नुपर्ने भएको छ,’ बस्नेतले भने ।

बस्नेतले समाजवादी आन्दोलनको रुपमा १२ वर्ष अघि आजको दिन अशोक राई नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी, नेपाल गठन भएको स्मरण गरेका छन् ।

प्रकाशित मिति २०८१ मंसिर ७ गते शुक्रबार १०:१०
हजुरको प्रतिक्रिया