म्याग्दी ।
गरिमा विकास बैंकले बेनी अस्पतालका बिरामीलाई लक्षित गरी फलामको कुर्ची सहयोग गरेको छ । बैकले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार एक कार्यक्रमका बिच १२ सिटे चारवटा कुर्ची बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका प्रथम मेयर हरिकुमार श्रेष्ठले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रकुमार सुबेदीलाई हस्तान्तरण गरेका थिए ।
बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित कार्यक्रम गर्ने गरेको छ । कार्यक्रममा म्याग्दीमा शाखा विस्तार गरेका ठूला बैंकको संख्या धेरै भएपनि सामाजिक उत्तरदाहित्व अन्तरगत समुदायस्तरमा सहयोग गर्नेको संख्या न्यून रहेको अवस्थामा हरेक बर्ष गरिमा विकास बैंकले सहयोग गरेको भन्दै प्रशंसा गरिएको थियो ।
बैंकले गतबर्ष गलेश्वर शिवालाय क्षेत्रमा बसोबास गर्ने ५१ जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, पूर्व सञ्चालक हरिकृष्ण श्रेष्ठ, माधबप्रसाद रेग्मी, शिबप्रसाद कटुवाल लगायतको उपस्थिती रहेको थियो ।
काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड, निक्षेप ८५ अर्ब, कर्जा ७४ अर्ब रहेको छ । देशभर ३७ जिल्लामा १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकको म्याग्दीमा बेनीबजार, बावियाचौर, दरबाङ, पोखरेबगर गरी चार शाखा रहेको छ । बैंकले देशभरका १८ स्थानमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइरहेको छ ।
प्रकाशित मिति २०८१ मंसिर ७ गते शुक्रबार ०२:२४




