२०८३ साउन २१ गते बिहीबार

एक महिनामै १५ हजार बढीले घुमे गोरखा दरबार संग्रहालय 

एक महिनामै १५ हजार बढीले घुमे गोरखा दरबार संग्रहालय 

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ मंसिर ७ गते शुक्रबार ०५:२४

मंसिर महिनामा १४ हजार ९ सय ५२ जनाले संग्रहालय अवलोकन गरेका र दुई लाखभन्दा बढी राजश्व संकलन भएको कार्कीले बताए ।

गोरखा ।

शैक्षिक भ्रमणको सिजन सुरु भएसँगै गोरखा दरबार संग्रहालय घुम्न आउने आन्तरिक पर्यटकको संख्या निकै बढेको छ ।

नेपाल एकीकरणको उद्गम थलोको रूपमा परिचित गोरखा दरबार संग्रहालयमा शाहकालीन इतिहास बुझ्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । एक महिनाको अवधिमा मात्रै १५ हजार बढी आन्तरिक तथा बाह्य पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका छन् ।

कात्तिक महिनामा मात्रै १५ हजार ४ सय ६१ जनाले संग्रहालय अवलोकन गरेको संग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिए। जसमध्ये ७ हजार ६ सय २० जना बिद्यार्थी रहेको र बिद्यार्थी वाहेक ७ हजार ४ सय ८२ जना नेपाली पर्यटक र ३ सय ५९ जना बिदेशी पर्यटक रहेको उनले बताए।

यसबाट ३ लाख ९ हजार ५ सय रुपैया राजश्व रकम संकलन भएको छ । मंसिर महिनामा १४ हजार ९ सय ५२ जनाले संग्रहालय अवलोकन गरेका र दुई लाखभन्दा बढी राजश्व संकलन भएको कार्कीले बताए ।

उनका अनुसार चालु आर्थिक बर्ष हालसम्म ७ लाखभन्दा बढी राजश्व संकलन भइसकेको छ । साउनदेखि कात्तिक महिनासम्म संग्रहालय अवलोकन गरेका पर्यटकहरुबाट उक्त राजश्व संकलन भएको हो । ‘शैक्षिक भ्रमणको सिजन भएकाले पनि पर्यटक धेरै भएका हुन्’ उनले भने ।

उनका अनुसार चार महिनाको अवधिमा ९ हजार ७८९ बिद्यार्थीले संग्रहालय अवलोकन गरेका थिए । उनीहरुबाट ९७ हजार ८ सय ९० राजश्व संकलन भएको छ । साथै चार महिनाको अवधिमा स्वदेशी र बिदेशी गरेर ३१ हजार ८८३ जना पर्यटकले संग्रहालय अवलोकन गरे, उनीहरुबाट ७ लाख ९ हजार राजश्व संकलन भएको संग्रहालय प्रमुख कार्कीले जानकारी दिए।

संग्रहालय अवलोकनका लागि बिद्यार्थीको हकमा १० रुपैया, नेपाली पर्यटकका लागि २५, बिदेशी पर्यटकको हकमा सार्क राष्ट्रका नागरिकका लागि ५० र अन्य देशका नागरिकका लागि १०० रुपैया प्रवेश शुल्क रकम तोकिएको छ ।

प्रकाशित मिति २०८१ मंसिर ७ गते शुक्रबार ०५:२४
हजुरको प्रतिक्रिया