२०८३ साउन २१ गते बिहीबार

पोखराको बसुन्धरा पार्कमा एक युवा मृत फेला

पोखराको बसुन्धरा पार्कमा एक युवा मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ फागुन १३ गते बिहीबार १२:५७

पोखरा । पोखराको बसुन्धरा पार्कमा एक युवक मृत भेटिएका छन् । अन्दाजी २५ वर्षको मंगोल हुलियाको एक युवकको शव लेकसाईडस्थित पार्कमा भेटिएको प्रहरीले जनाएको हो । निलो ज्याकेट लगाएको करिब साढे ५ फिट उचाईको युवक आज बिहान मृत फेला परेको...

विष सेवन गरि आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान

पोखरा । पोखराको बसुन्धरा पार्कमा एक युवक मृत भेटिएका छन् ।

अन्दाजी २५ वर्षको मंगोल हुलियाको एक युवकको शव लेकसाईडस्थित पार्कमा भेटिएको प्रहरीले जनाएको हो । निलो ज्याकेट लगाएको करिब साढे ५ फिट उचाईको युवक आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

मृतकको नजिकै र उनले लगाएको निलो ज्याकेटमासमेत विषको सिसी पाइएको छ । उनी को हुन् ? भन्नेबारे पहिचान नभइसकेको हमालले बताए । उनले मध्यरातमा विष पिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिए पनि ठोस कारण पत्ता लागेको छैन ।

घटनाबारे कास्की प्रहरी अनुसन्धानमा जुटेको र मृतकको पहिचान गर्ने तयारी भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

प्रकाशित मिति २०७७ फागुन १३ गते बिहीबार १२:५७
हजुरको प्रतिक्रिया