२०८३ साउन २१ गते बिहीबार

सात महिनामा तोलामा १४ हजारले घट्यो सुनको मूल्य

सात महिनामा तोलामा १४ हजारले घट्यो सुनको मूल्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ फागुन १४ गते शुक्रबार १२:१२

पोखरा । गत साउन २३ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ तोकिएको थियो । जुन, नेपाली सुन बजारमा इतिहासकै सबैभन्दा उच्च (कीर्तिमानी) मूल्य हो । लकडाउनको समयमा निरन्तर मूल्य उकालो लाग्दै गगन...

अझै घट्न सक्ने अनुमान

पोखरा । गत साउन २३ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ तोकिएको थियो । जुन, नेपाली सुन बजारमा इतिहासकै सबैभन्दा उच्च (कीर्तिमानी) मूल्य हो ।

लकडाउनको समयमा निरन्तर मूल्य उकालो लाग्दै गगन चुमेको सुनको मूल्य लगातार घट्न थालेको छ । साउनमा इतिहासकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य यतिबेला प्रतिदिन घट्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुनको मूल्य प्रतितोला मूल्य ८९ हजार तीन सय रुपैयाँ तोकेको छ । महासंघ नेपालको स्थानीय बजारमा सुनको मूल्य तोक्ने जिम्मेवारी पाएको निकाय हो ।

महासंघले बिहीबारका लागि तोकेको सुनको भाउ साउन २३ गतेकोभन्दा १४ हजार दुई सय रुपैयाँ कम हो । महासंघका अनुसार साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार सात सय कायम थियो ।

तर, त्यसपछि निरन्तर बढ्दै साउन २३ गतेसम्ममा पुग्दा १० हजार आठ सयले बढेर उच्चबिन्दुमा पुगेको थियो । साउन २३ यता भने सुनको भाउमा निरन्तर घट्नेक्रम जारी छ ।

२०७७ सालमा सुनको मूल्य

महिना   उच्च मूल्य
जेठ       ८९, ६००
असार    ९२८००
साउन    १, ०३,५००
भदौ      ९७,५००
असोज   ९७०००
कात्तिक ९८२००
मंसिर    ९५१००
पुस       ९६७००
माघ      ९३१००
फागुन    ९०८००

गत वर्षको चैत १० देखि बन्द भएको सुनको कारोबार जेठ २५ देखि खुलेको थियो। कारोबार खुल्दा सुनको भाउ प्रतितोला ८७ हजार चार रुपैयाँ थियो।

त्यसपछि निरन्तर बढेर साउन २३ मा एक लाख तीन हजार पाँच सय पुगेको सुनको भाउ फागुन १३ गते प्रतितोला ८९ हजार तीन सय रुपैयाँ कायम छ।

प्रकाशित मिति २०७७ फागुन १४ गते शुक्रबार १२:१२
हजुरको प्रतिक्रिया