२०८३ साउन २१ गते बिहीबार

इजिप्टमा सफारी डुङ्गा डुब्दा १६ जना बेपत्ता

इजिप्टमा सफारी डुङ्गा डुब्दा १६ जना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ११ गते मंगलबार ०२:३७

२८ जनालाई उद्धार गरिएको छ । उनीहरुको स्वास्थ्य स्थिति राम्रो रहेको बताइएको छ । रेड सी प्रान्तले सोमवार आफ्नो आधिकारिक फेसबुक पेजमा एक सफारी डुङ्गा लाल सागरको दक्षिणपूर्वी इजिप्टको तटीय शहर मार्सा आलमको उत्तरी तटमा डुबेको घोषणा गरेको छ ।

काठमाडाै‌ ।

इजिप्टको रेड सी प्रान्तका गभर्नर अमर हानाफीले समुन्द्रमा डुङ्गा डुब्दा चार इजिप्टियन र १२ विदेशी नागरिक अझै बेपत्ता रहेको बताउनुभएको छ ।

२८ जनालाई उद्धार गरिएको छ । उनीहरुको स्वास्थ्य स्थिति राम्रो रहेको बताइएको छ । रेड सी प्रान्तले सोमवार आफ्नो आधिकारिक फेसबुक पेजमा एक सफारी डुङ्गा लाल सागरको दक्षिणपूर्वी इजिप्टको तटीय शहर मार्सा आलमको उत्तरी तटमा डुबेको घोषणा गरेको छ ।

हानाफीका अनुसार डुङ्गामा १३ इजिप्टियन र अन्य ११ देशका ३१ जनासहित ४४ यात्रु सवार थिए । जर्मनी, बेलायत, संयुक्त राज्य अमेरिका, पोल्याण्ड, बेल्जियम, स्विजरल्याण्ड, फिनल्याण्ड, चीन, स्लोभाकिया, स्पेन र आयरल्याण्डका नागरिक रहेको बताइएको छ । डुङ्गामाथि ठूलो समुन्द्री छाल आएर डुङ्गा पल्टेको प्रारम्भिक कारण भएको बताउनु भयो ।

प्रकाशित मिति २०८१ मंसिर ११ गते मंगलबार ०२:३७
हजुरको प्रतिक्रिया