२०८३ असोज २५ गते आइतबार

ठूला नेताले गोरखाको विकासमा ध्यान दिएनन् : डा. बाबुराम भट्टराई

ठूला नेताले गोरखाको विकासमा ध्यान दिएनन् : डा. बाबुराम भट्टराई

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ मंसिर १२ गते बुधबार ०९:४४

गोरखाको विकासमा ठूला नेताहरुबाट सहयोग हुनुपर्नेमा उल्टै असहयोग भइरहेको भन्दै यो विषय जिल्लाका लागि गम्भीर कुरा भएको उनको भनाइ थियो ।

गोरखा ।

नेपाल समाजबादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको विकासमा ठूला नेताले ध्यान नदिएको आरोप लगाएका छन् ।

मंगलबार गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जिल्लाका रणनैतिक महत्व राखेका योजनाहरुलाई पाखा लगाउने काम भइरहेको समेत बताए ।

गोरखाको विकासमा ठूला नेताहरुबाट सहयोग हुनुपर्नेमा उल्टै असहयोग भइरहेको भन्दै यो विषय जिल्लाका लागि गम्भीर कुरा भएको उनको भनाइ थियो ।

वषौंदेखि ट्रयाक खोल्न सुरु गरिएको बेनीघाट आरुघाट लार्केभज्याङ सडक, मध्यपहाडी लोकमार्ग, जस्ता महत्वपूण सडक निर्माण सम्पन्न गर्नुको सट्टा अलपत्र पार्ने काम भएको पनि उनले बताए ।

यसले गोरखा जिल्लालाई थप पछि पार्ने आशंका पनि उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०८१ मंसिर १२ गते बुधबार ०९:४४
हजुरको प्रतिक्रिया