२०८३ साउन २१ गते बिहीबार

खानेपानी सुधार आयोजना उद्घाटन भएसँगै पोखराबासीको धारामा शुद्ध पानी पुग्ने विश्वास

खानेपानी सुधार आयोजना उद्घाटन भएसँगै पोखराबासीको धारामा शुद्ध पानी पुग्ने विश्वास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १४ गते शुक्रबार ०७:३२


खानेपानी सुधार आयोजनाको शुक्रबार खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरे । पोखराबासीको धारामा शुद्ध पिउने पानीको सुविधा पु¥याउने उद्देश्यले जाइकाको ४ अर्ब ८१ करोड रुपैयाँको अनुदानमा ०७६ देखि यो आयोजना निर्माणको काम सुरु भएको थियो ।

पोखरा ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा बनेको पोखराको खानेपानी सुधार आयोजनामा उद्घाटन पछि नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण भएको छ ।

खानेपानी सुधार आयोजनाको शुक्रबार खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरे । पोखराबासीको धारामा शुद्ध पिउने पानीको सुविधा पु¥याउने उद्देश्यले जाइकाको ४ अर्ब ८१ करोड रुपैयाँको अनुदानमा ०७६ देखि यो आयोजना निर्माणको काम सुरु भएको थियो ।

जाइकाको अनुदानबाट मर्दीको मुहान नजिकै ४ करोड २० लाख लिटर क्षमताका ४ वाटा बालुवा हटाउने ट्यांकी (ग्रिट च्याम्बर) र ४ वटा पानी थिग्र्याउने ट्यांकी (सेडिमेन्टेसन ट्यांक) निर्माण गरिएको छ । पोखरा–१९ पुरुन्चौरमा दैनिक ४ करोड १० लाख लिटर क्षमताका ६ वटा पानी छान्ने फिल्टर (स्लो स्यान्ड फिल्टर) र ९ सय ३० घन मिटरका २ वटा सफा पानी संकलन ट्यांकी निर्माण गरिएको छ । क्लोरिनेसन प्लान्ट पनि उक्त स्थानमा रहेको छ । मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधैं पिउन सकिने पानी पु¥याउने आयोजनाको रहेको छ ।

जाइकाले नै पोखराको प्रस्र्याङ, फूलबारी र कोलपाटनमा २०–२० लाख क्षमताका ओभरहेड पानी ट्यांकी निर्माण गरेको छ । पोखरा–१५ कोलपाटनमा रहेको कोलपाटनको ट्यांकी भने अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरणमा असर पर्ने भन्दै सञ्चालनमा आएको छैन । निर्माणको क्रममा रहेको ट्यांकी अधुरो अवस्थामा छ ।

२०७३ फागुन ४ मा जाइका र नेपाल सरकारबीच आयोजनाका लागि अनुदान सम्झौता भएको थियो । जापानको हाज्मा एन्ड कर्पोरेसनले आयोजना निर्माणको जिम्मा लिएर २०७६ देखि काम सुरु ग¥यो । २०८० पुस १५ मा आयोजनाको म्याद सकिए पनि २०८१ भदौ १५ सम्मका लागि म्याद थप गरियो ।

खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्कीका अनुसार हाल पोखराका सहरी भेगका १९ वडामा पानीको माग दैनिक ८ करोड ७० लाख लिटर छ । उत्पादन भने ६ करोड ७७ लाख लिटर रहेको छ । त्यसमध्ये माछापुच्छ्रे गाउँपालिकाको मर्दीबाट संकलित ४ करोड ६० लाख लिटर पानी सिधैं विन्ध्यवासिनीमा रहेको ४० लाख लिटर क्षमताको ट्यांकीबाट वितरण हुन्छ ।

प्रकाशित मिति २०८१ मंसिर १४ गते शुक्रबार ०७:३२
हजुरको प्रतिक्रिया