२०८३ साउन २१ गते बिहीबार

माग पुरा नभए पोखराको ल्याण्डफिल साइट बन्द गरिदिने स्थानीयको चेतावनी

माग पुरा नभए पोखराको ल्याण्डफिल साइट बन्द गरिदिने स्थानीयको चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत २ गते सोमबार ०२:३४

पोखरा । पटक पटकको सहमतिलाई वेवास्ता गरेको भन्दै पोखराको ल्याण्डफिल साइट प्रभावित जनसरोकार समितिले पोखरा महानगरसमक्ष २४ घण्टे अल्टिमेटम पेश गरेको छ । समितिले यसअघिका सहमति कार्यान्वयन गर्न महानगरले तत्काल पहल नगरे ल्याण्डफिल...

महानगरले वेवास्ता गरेको आरोप, स्थानीयको २४ घण्टे अल्टिमेटम

पोखरा । पटक पटकको सहमतिलाई वेवास्ता गरेको भन्दै पोखराको ल्याण्डफिल साइट प्रभावित जनसरोकार समितिले पोखरा महानगरसमक्ष २४ घण्टे अल्टिमेटम पेश गरेको छ । समितिले यसअघिका सहमति कार्यान्वयन गर्न महानगरले तत्काल पहल नगरे ल्याण्डफिल साइट नै बन्द गरिदिने चेतावनी दिएका छन् ।

समितिले महानगरसमक्ष वुझाएको अल्टिमेटममा साविक पोखरा उप महानगरपालिका र वडा नं १८ का विचमा २०५७ भदाै १३ मा भएको २८ बुँदे सम्झाैता, २०६५ चैत्र ११ मा तत्कालिन कार्यकारी अधिकृत मदन भूजेल र सराेकारवाला एवम् राजनीतिक संयन्त्रका विचमा भएको फोहर व्यवस्थापन तथा विकास निर्माणसम्वन्धी सहमति तथा २०७७ मंसिर २५ गतेको ७ बुँदे सम्झाैतालाई महानगरले पटक पटक वेवास्ता गरेको, पटक पटक सहमति गर्ने तर कार्यान्वयनमा चासो देखाउने नगरेको भन्दै समितिले बाध्य भएर २४ घण्टे अल्टिमेटम बुझाउनु परेको उल्लेख गरेको छ ।

समितिको २०७७ फागुन २६ गतेको बैठकले विगतका सहमती र सम्झाैताको कार्यान्वयनमा महानगरले तत्काल चासो नदेखाए फोहरमैला व्यवस्थापनमा प्रयोग हुने सबै सवारी एवम् मलमूत्र, स्वफिट व्यवस्थापनसँग सम्वन्धित सवारी तथा अस्पतालजन्य फोहर व्यवस्थापनमा प्रयोग हुने सवारीसमेतलाई रोक्ने निर्णय गरेको हो ।

समितिले महानगरमा बुझाएको अल्टिमेटम जिल्ला प्रशासन कार्यालय कास्की तथा जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत बोधार्थका रुपमा बुझाईएको जनाएको छ । अल्टिमेटममा समितिका अध्यक्ष बोध बहादुर कार्की र सचिव नारायण प्रसाद भण्डारीले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् अल्टिमेटममा के छ

प्रकाशित मिति २०७७ चैत २ गते सोमबार ०२:३४
हजुरको प्रतिक्रिया