२०८३ साउन २१ गते बिहीबार

फेवा तालमा प्याराग्लाइडिङ दुर्घटना, सैनिक जवानको मृत्यु

फेवा तालमा प्याराग्लाइडिङ दुर्घटना, सैनिक जवानको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत ३ गते मंगलबार ०१:४५

पोखरा । पोखरामा सोमबार दिऊसो प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दिउसो करिब २ बजे भएको दुर्घटनामा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सेनाले...

सेनाले सञ्चालन गरिरहेको तालिमका क्रममा दुर्घटना

पोखरा । पोखरामा सोमबार दिऊसो प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दिउसो करिब २ बजे भएको दुर्घटनामा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा-११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।

समाचारमा प्रयोग भएकाे तस्विर सांकेतिक तस्विर हो । 

प्रकाशित मिति २०७७ चैत ३ गते मंगलबार ०१:४५
हजुरको प्रतिक्रिया