२०८३ असोज २५ गते आइतबार

प्रधानमन्त्री ओलीले आजदेखि चीनको औपचारिक भ्रमण जाँदै

प्रधानमन्त्री ओलीले आजदेखि चीनको औपचारिक भ्रमण जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १७ गते सोमबार ०९:३६

सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ । आईतबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जाँदै छन् ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो ।

बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्ने छन् ।

भ्रमणका क्रममा चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् ।

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ ।

भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी हुनेछन् । बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा ८ सदस्य थपिने छन् ।

सरकार टोलीका ४६ मध्ये दुई सदस्य तयारीका क्रममा चीन पुगिसकेका छन् । यसरी समग्रमा प्रधानमन्त्रीको भ्रमण टोली ८६ सदस्यीय हुनेछ ।

यसैबीच सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ ।

आईतबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार सरकारले नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा बोल्ने चाइनिज ल्याङ्ग्वेज विकास प्रोग्राम परिचालनका सम्बन्धमा तयार भएको समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा सम्बन्धित समकक्षी पदाधिकारीबाट हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने निर्णय भएको छ ।

सरकारले प्रश्तावित २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने सम्बन्धि आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गर्ने, उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने, प्रश्तावित ३ सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने, उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै सार्वजनिक सेवा प्रशारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपाल र चाइना मिडिया ग्रुपबीच हुने समझदारी पत्र स्वीकृत गर्ने, उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट अख्तियारी परराष्ट्रमन्त्रालयलाई दिने, सहसचिव प्राविधिक तर्फको रामप्रसाद घिमिरेलाई सचिव प्राविधिक पदमा बढुवा गर्ने, स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सम्बन्धित सबैलाई सरकारको तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ ।

सरकारले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीन भ्रमण १७—२० सम्मलाई सफलताको शुभकामना दिएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रमा काठमाडौं रिङरोड, अरनीको हाइवे, हिल्सा—सिमिकोट, आइसिडी, आईसिपी कोरला नाकामा आवश्यक पर्ने सबै सीमानाका व्यवस्थित गर्न चेक पोस्ट निर्माण गर्ने बारेमा पनि सहमति गर्ने पनि उनले बताए ।

टोखा—खहरे टनेल मार्ग, जिलुङ—केरुङ—काठमाडौं क्रस बोर्डर रेल्वे प्राजेक्टको अध्ययन, खाँदबारी—किमाथांका सडकमा अरुण नदीमा मितेरी पुल बनाउने, चोभारमा मल्टीफङ्सनल क्वारेन्टाइन ल्याब्रेटरी इन काठमाडौं, इन एग्रिकल्चर इन्स्ट्रक्चर डेभलपमेण्ट पार्क, कोरलामा इण्डस्ट्रियल जोन बनाउने बारेमा पनि सहमति गर्ने बताए । उनले अबबाट विपी कोईराला क्यान्सर अस्पताल, चितवनमा बोर्नम्यारो प्रत्यारोपण सेवा शुरु गर्नेमा समझदारी हुने जानकारी दिए ।

बिआरआईमा भएका कुराहरुको कामहरु कसरी गर्ने भनेर प्रोजेक्ट प्रोग्राम बनाइ अघि बढाउने निर्णय भएको उनले बताए ।

चीनले सय वटा विद्युतीय गाडी, सय वटा प्रहरी भ्यान, ५० वटा स्कुल भ्यान, ५० वटा एम्बुलेन्स दिने बताएको उनले जानकारी दिए । विकासका योजनाहरु ५ वर्षभित्र गर्नेगरी सम्झौता हुने उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ मंसिर १७ गते सोमबार ०९:३६
हजुरको प्रतिक्रिया