२०८३ साउन २१ गते बिहीबार

तुलसी मालिस तेल बजारमा

तुलसी मालिस तेल बजारमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १८ गते मंगलबार ०२:१६

१६ जडिबुटिको मिश्रण रहेको तेलको प्रयोगले बाथरोग , हाडजोर्निको दुखाई कम गर्ने लिगामेन्ट खिएको समस्या निवारण गर्ने जनाइएको छ ।

पाेखरा ।

तुलसी आयुर्वेद प्रालिले उत्पादन गरेको तुलसी मालिस तेल बजारमा आएको छ ।

कम्पनिका सिईओ शिव बर्तौलाले मंगलबार एक कार्यक्रमकाबिच तुलसी मालीस तेलको साथमा पत्र पोटली,स्वदेन र रोलर सार्वजनिक गरेका हुन् ।

१६ जडिबुटिको मिश्रण रहेको तेलको प्रयोगले बाथरोग , हाडजोर्निको दुखाई कम गर्ने लिगामेन्ट खिएको समस्या निवारण गर्ने जनाइएको छ ।

साथै शरिर पोल्ने र झमझमाउने समस्या भएकाहरुले समेत यो तेलबाट लाभ लिन सक्ने सिइओ बसाैलाले बताए । यस्तै युरिक एसिडको समस्या र सबैखाले शरिरको दुखाईमा यो तेलले मालिस गर्दा राहत पुग्ने उत्पादकको दाबी छ ।

शरिरको प्रभावित भागमा यो तेलले मालिस गर्न उत्पादकले सुझाएका छन् । तुलसी मालीस तेल , तुलसी मालीस रोलर र तुलसी पत्र पोटली को कम्बो बजारमा ल्याएको उत्पादक तुलसी आयुर्वेद प्रा लि ले जनाएको छ ।

यसमा आयुर्वेदीक जडीबुटी जाइफल, ज्वानो, तुलसीको तेल, चमसुर, ल्वाङसिमलीको तेल,सेता ज्वानो, पाति लगायतको समिश्रण रहेकाले बिना साइड इफेक्ट दुखाइबाट राहत मिल्ने जनाइएको छ । विश्वबजारमा नेपाली आयुर्वेदिक उत्पादनको माग बढ्दो छ । तुलसी मालीस तेललेपनि अन्तराष्ट्रिय बजार बिस्तार गर्ने जनाएको छ ।

प्रकाशित मिति २०८१ मंसिर १८ गते मंगलबार ०२:१६
हजुरको प्रतिक्रिया