२०८३ साउन २१ गते बिहीबार

२००७ सालको क्रान्तिको जगमा अहिलेको परिवर्तन भएको होः रामवरण यादव

२००७ सालको क्रान्तिको जगमा अहिलेको परिवर्तन भएको होः रामवरण यादव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २५ गते मंगलबार १०:३२

०६२÷०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा भएको उनको भनाइ थियो । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव नरहेको उनले बताए ।

जनकपुर ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धी प्राप्त भएको बताएका छन् ।

जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पूर्वी मधेस बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप अहिले आफू जस्तो सामान्य व्यक्ति सरकार प्रमुख बनेर काम गरेको बताए ।

०६२÷०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा भएको उनको भनाइ थियो । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव नरहेको उनले बताए ।

उनले अहिलेको उपलब्धि प्राप्त गर्नुमा सम्पूर्ण देशवासीको योगदान रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार १०:३२
हजुरको प्रतिक्रिया