पोखरा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा भोलि र पर्सि उक्त महोत्सव हुन लागेको हो ।
विद्यार्थीलाई एकताको सुत्रमा बाँध्ने उद्देश्य साथ महोत्सव गर्न लागिएको अनेरास्ववियु जिल्ला कमिटी कास्कीका अध्यक्ष सन्तोष पोख्रेलले जानकारी दिए । उनले पृथ्वीनारायण क्याम्पसमा २ दिन चल्ने महोत्सवमा शैक्षिक कार्यक्रमदेखि विविध सांगीतिक कार्यक्रमहरु समावेश गरिएको बताए ।
महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै अनुसन्धान र विकासमा विश्व विद्यालय विषयमा अन्तरसंवाद हुनेछ । यस्तै चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र लाइभ कन्सर्ट हुनेछ ।
दोस्रो दिन पर्यटन र पोखरा विषयक अन्तरसंवाद हुनेछ । यसैगरी कविता प्रतियोगिता, चित्रकला, अन्तरसंवाद कार्यक्रम (स्थानीय सरकार), सांस्कृतिक नृत्य प्रतियोगिता, पुरस्कार वितरण तथा लाइभ कन्सर्ट हुनेछ ।
लाइभ कन्सर्टतर्फ डिमर्चा ब्याण्ड, देउराली ब्याण्डको प्रस्तुती रहनेछ भने गायिका रचना रिमाल र टुकीको पनि प्रस्तुती रहनेछ । महोत्सव पिएन क्याम्पसको साइन्स बिल्डिङ परिसरमा आयोजना हुने अनेरास्ववियु कास्कीका अध्यक्ष पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार ०७:२७




