२०८३ साउन २१ गते बिहीबार

यो वर्षदेखि एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

यो वर्षदेखि एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ४ गते बिहीबार ०९:२०

लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

काठमाडौं ।

यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो ।

लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ । संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउनैपर्ने हुन्छ ।

विद्यार्थीले नियमित र मौका परीक्षा दिँदा पनि जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने उनले बताए ।

विद्यार्थीले यस्तो यो अवसर तीन वर्षसम्म पाउनेछन् ।

यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ७ गतेदेखि हुँदैछ ।

प्रकाशित मिति २०८१ पुस ४ गते बिहीबार ०९:२०
हजुरको प्रतिक्रिया