२०८३ कात्तिक ११ गते मंगलबार

युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्छः मन्त्री भट्टराई

युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्छः मन्त्री भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ४ गते बिहीबार ०५:१४

उनले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्ने उल्लेख गरे । उनले नेपाली वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्ने आजको आवश्यकता भएको जिकिर गरे ।

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने महत्वपूणर् चुनौति रहेको बताएका छन् ।

बिहीवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरुमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताए । उनले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्ने उल्लेख गरे । उनले नेपाली वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्ने आजको आवश्यकता भएको जिकिर गरे ।

दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूणर् रहेको मन्त्री भट्टाईको भनाइ थियो । उनले नवप्रवद्र्धनको संस्कृतिलाई बढवा दिन युवालाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने तर्क प्रस्तुत गरिन् । विज्ञान शिक्षा विद्यालयस्तरबाटै शुरु गरिरहेको भन्दै हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशिलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको उनको जिकिर थियो ।

उनले भनिन्, ‘नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने एउटा महत्वपूणर् चुनौति हाम्रोसामु छ । हामीले अत्याधुनिक प्रयोगशालाहरुमा लगानीलाई प्राथमिकता दिनुपर्नेछ । अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्नेछ । हाम्रा वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्नेछ । दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूणर् छ । हामीसँग रहेको इन्जिनियर्स नलेजलाई हामीले विज्ञानसँग कसरी जोड्ने भन्ने आवश्यकता छ । नवप्रवद्र्धनको संस्कृतिलाई बढवा दिन हामीले हाम्रा युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्नेछ । विज्ञान शिक्षा विद्यालयस्तरबाटै शुरु गरिरहेका छौँ । हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशिलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको छन् ।’

मन्त्री भट्टराईले देशको भविष्य आजका युवाहरुको आविष्कारमा निर्भर रहेको बताइन् ।

प्रकाशित मिति २०८१ पुस ४ गते बिहीबार ०५:१४
हजुरको प्रतिक्रिया