२०८३ असोज २५ गते आइतबार

जनयुद्ध शब्द प्रयोग नगर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

जनयुद्ध शब्द प्रयोग नगर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ५ गते शुक्रबार ०९:३३

निवेदनमा ‘जनयुद्ध’ शब्द खारेज गरी नेपालको संविधानमा ‘सशस्त्र संघर्ष वा सशस्त्र द्वन्द्व’ राख्ने व्यवस्था मिलाउन अन्तरिम आदेश भएको हो । योसँगै अब सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने भएको छ ।

काठमाडौं ।

सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ ।

संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय हिजो प्रमाणीकरण भएको हो । ‘जनयुद्ध’ शब्द संविधानको प्रस्तावना र धारा ४२ (५) प्रतिकूल भएको सर्वोच्चको ठहर छ ।

निवेदनमा ‘जनयुद्ध’ शब्द खारेज गरी नेपालको संविधानमा ‘सशस्त्र संघर्ष वा सशस्त्र द्वन्द्व’ राख्ने व्यवस्था मिलाउन अन्तरिम आदेश भएको हो ।

योसँगै अब सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने भएको छ ।

संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग भएपछि अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो ।

साथै सरकारलाई लिखित जवाफ पेस गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

प्रकाशित मिति २०८१ पुस ५ गते शुक्रबार ०९:३३
हजुरको प्रतिक्रिया