२०८३ कात्तिक ११ गते मंगलबार

२०२४ मा जलवायु परिवर्तन प्रभावहरू अत्याधिकः विज्ञहरु

२०२४ मा जलवायु परिवर्तन प्रभावहरू अत्याधिकः विज्ञहरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ७ गते आइतबार ०९:५४

यो वर्ष हरितगृह ग्यांसको स्तर रेकर्ड उच्च छ । समुन्द्री सतह बढ्दै र मौसमी घटनाहरू अत्याधिक रहेको विज्ञहरुले बताएका छन् ।

एजेन्सी\सिन्ह्वा

विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार (सन् २०२४) रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ ।

यो वर्ष हरितगृह ग्यांसको स्तर रेकर्ड उच्च छ । समुन्द्री सतह बढ्दै र मौसमी घटनाहरू अत्याधिक रहेको विज्ञहरुले बताएका छन् ।

संसारभरि जीवन र जीविकोपार्जनको ठूलो क्षति भएको विज्ञहरुको भनाइ छ । डब्ल्यूएमओका अनुसार लामो र गम्भीर गर्मीको लहरले हरेक महादेशमा असर गरेको छ ।

अक्टोबरमा, विनाशकारी डाना आँधीले स्पेनमा ठूलो क्षति गरेको र २ सय भन्दा बढीको मृत्यु भएको थियो ।

पोल्याण्ड, अस्ट्रिया, चेक रिपब्लिक र रोमानिया जस्ता देशहरूले पनि विनाशकारी बाढीको अनुभव गरेका छन् ।

विज्ञहरूले युरोपमा बढ्दो चरम मौसम जलवायु परिवर्तनको बढ्दो प्रभावको चेतावनी संकेत भएको बताएका छन् ।

प्रकाशित मिति २०८१ पुस ७ गते आइतबार ०९:५४
हजुरको प्रतिक्रिया