२०८३ असोज २६ गते सोमबार

रविको वयानः मलाई थाहा भए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरिएको रहेछ

रविको वयानः मलाई थाहा भए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरिएको रहेछ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ७ गते आइतबार ०७:००

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूलाई थाहा दिए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका छन् । उनले जिल्ला सरकारी वकिल कार्यालय कास्की समक्ष कर्तुत बाहिरिने डरले...

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूलाई थाहा दिए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका छन् । उनले जिल्ला सरकारी वकिल कार्यालय कास्की समक्ष कर्तुत बाहिरिने डरले गोप्य रुपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरेको वयान दिएका हुन् ।

‘मलाई जानकारी भएको खण्डमा यिनिहरूको कर्तुत बाहिर आउने डर समेत राखि योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत गरिएको रहेछ’, उनले बयानका क्रममा भनेका छन् ।

उनले गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफुलाई नभएको बताएका छन् । आफू गोर्खा मिडियामा हुँदासम्म कम्पनी नलिएको लामिछानेले दाबी गरे । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदा सम्म भए गरेको छैन सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै नि किसिमको मिलेमतो संलग्नता रहेको छैन’, उनले भनेका छन् ।

रविले सहकारीको एक रुपैयाँ पनि आफू नखाएको बताएका छन् । संसदीय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नरहेको पुष्टि भएको उनले बताए ।

उनले भने, ‘सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ वरावर पनि परेको छैन । सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा सदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भई सकेको अवस्था छ ।’

प्रकाशित मिति २०८१ पुस ७ गते आइतबार ०७:००
हजुरको प्रतिक्रिया