२०८३ साउन २१ गते बिहीबार

सुर्यदर्शन सहकारी रकम अपचलन मुद्दा: पहिलो दिन छविलाल जोशीको वयान, भोलि निरन्तर हुने

सुर्यदर्शन सहकारी रकम अपचलन मुद्दा: पहिलो दिन छविलाल जोशीको वयान, भोलि निरन्तर हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ८ गते सोमबार ०६:०१

पोखरा सुर्यदर्शन सहकारीको बचत रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ५ जनाको वयान सुरु भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि वयान सुरु भएको...

पोखरा
सुर्यदर्शन सहकारीको बचत रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ५ जनाको वयान सुरु भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि वयान सुरु भएको हो ।

पहिलो दिन पूर्वडिआईजी छविलाल जोशीको वयान भएको छ । छविलालको वयान नसकिएको र भोलि पनि निरन्तर हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

छविलालको सकिएपछि मात्रै रविसहित ४ जनाको वयान हुने अधिकारीले बताए । रविसहित जिबी राईका साझेदार रामप्रसाद खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ र कर्मचारी लीला पछाईको वयान हुनेछ । वयान सकिएपछि थुनचेक बहस हुनेछ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार रविसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गराएको थियो । यसअघि शुक्रबार १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो माग दाबी गर्दै मुद्दा दायर भएको हो ।

प्रकाशित मिति २०८१ पुस ८ गते सोमबार ०६:०१

हजुरको प्रतिक्रिया