२०८३ साउन २१ गते बिहीबार

पत्रकार हरिकृष्ण गौतमले जिते एक लाख पुरस्कारको मोना फोटो प्रतियोगिताको उपाधि

पत्रकार हरिकृष्ण गौतमले जिते एक लाख पुरस्कारको मोना फोटो प्रतियोगिताको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १६ गते मंगलबार ०९:५७

म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा म्याग्दीका क्रियाशिल पत्रकार समेत रहेका गौतमले खिचेको बेनी नगरपालिका–५, पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रम क्षेत्रको प्रतियोगि नं २०० ले पहिलो पुरस्कार जितेको हो ।

म्याग्दी ।

प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मोना खुल्ला फोटो प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जितेको छन् ।

म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा म्याग्दीका क्रियाशिल पत्रकार तथा पब्लिक फोरके टेलिभिजनका लागि म्याग्दीका संवाददातासमेत रहेका गौतमले खिचेको बेनी नगरपालिका–५, पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रम क्षेत्रको प्रतियोगि नं २०० ले पहिलो पुरस्कार जितेको हो । प्रतियोगितामा ३ सय बढी फोटो प्रतिस्पर्धामा थिए ।

सोमबार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा स्टुडेन्ट भाइब्स एजुकेशन एण्ड भिजा सर्भिसेसले मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा गण्डकी प्र्रदेश सभा सदस्य हरि भण्डारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोका, उपाध्यक्ष सुसन श्रेष्ठले गौतमलाई नगद १ लाख, ट्रफी र सम्मानपत्रले सम्मान गरेका थिए ।

प्रतियोगितामा दोस्रो पुरस्कार बेनी नगरपालिका–९, तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठान दरबार र तेस्रो रघुगंगा गाउँपालिका–३ पिप्लेका भविन्द्र शाहीले खिचेको भगवती मन्दिरले प्राप्त गरेको थियो ।

त्यस्तै बागलुङका सन्दिप शर्माको म्याग्दीको जलजलाको तस्वीरले नगद ५० हजार सहित म्याग्दी च्याम्बर अवार्ड जितेको छ भने दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ५० हजार र २५ हजार, सम्मानपत्र र विभिन्न विधाका बिजेताले ५ हजारले सम्मान गरिएको थियो ।

सो अवसरमा मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोकाले पहिलो र दोस्रो फोटो प्रतियोगिताले म्याग्दी जिल्लाको पर्यटन क्षेत्रका लागि सघाएको बताउँदै आगामी दिनमा पनि जिल्लामा हुने विभिन्न कार्यक्रमलाई निरन्तरता दिने बताए ।

त्यस्तै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाको पर्यटन प्रर्बधनमा कोशेढुंगा सावित भएको बताए ।

म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई आर्कषित गर्ने क्षेत्रहरू प्रसस्तै रहेको बताउँदै पूर्वाधार विस्तारमा तीनै तहको सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०९:५७
हजुरको प्रतिक्रिया