लमजुङ
लमजुङ बेसीशहरकी एक बालिकालाई अपहरण गरि भारत लैजाने व्यक्तिलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।
छिमेकी देश भारत मोतिहारी घोडासान थाना बकुलिया वडा नं.५, घर भइ बेसीशहर नगरपालिका ७, सहजी बस्ने ४० वार्षीय सेख सईतुलाका परिवारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सेख सहित उनकी श्रीमती र एक छोरा लाई पक्राउ गरेको छ ।
बेसीशहर नगरपालिका वडा नं ७, बस्ने १४ वार्षीया बालिकालाई गत मङ्सिर २४ मा अपहरण गरि भारततर्फ लग्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले अनुसन्धान गरि उनीहरुलाई पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।
उनिहरुलाई पुस १५ गते सोमबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लमजुङ ल्याइएको लमजुङ प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा मंगलबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिने जनाइएको छ ।
प्रकाशित मिति २०८१ पुस १७ गते बुधबार १२:२१