२०८३ कात्तिक ११ गते मंगलबार

भारतमा २४ घण्टामा रेकर्ड २.१६ लाख संक्रमित, १ हजार बढीको मृत्यु

भारतमा २४ घण्टामा रेकर्ड २.१६ लाख संक्रमित, १ हजार बढीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ३ गते शुक्रबार १२:३८

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ रेकर्ड २ लाख १६ हजार ६४२ जना संक्रमित भएको पाइएको छ । पछिल्लो वर्ष संक्रमण शुरुवात भएयता एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो अवसर हो । यस दौरान १ लाख १७ हजार ८२५ जना निको पनि भएका छन्...

विश्वका शीर्ष २० संक्रमित सहरको सूचीमा भारतका १५ सहर सामेल

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ रेकर्ड २ लाख १६ हजार ६४२ जना संक्रमित भएको पाइएको छ । पछिल्लो वर्ष संक्रमण शुरुवात भएयता एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो अवसर हो ।

यस दौरान १ लाख १७ हजार ८२५ जना निको पनि भएका छन् भने १ हजार १८२ जनाको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख कटेको छ । त्यहाँ १५ लाख ६३ हजार ५८८ संक्रमितको उपचार भइरहेको छ । विश्वका शीर्ष २० संक्रमित सहरको सूचीमा भारतका १५ सहर सामेल छन् । पुणे सहर यो सूचीको शीर्ष स्थानमा रहेको छ भने मुम्बई दोस्रो स्थानमा छ । देशका करीब १२० जिल्लामा शैय्या, अक्सिजन, भेन्टिलेटरजस्ता जरुरी सुविधाको संकट देखा परेको छ ।

बिहीबार सबैभन्दा धेरै ६१ हजार ६९५ संक्रमित महाराष्ट्रमा फेला परेका छन् । दोस्रो नम्बरमा उत्तर प्रदेशमा २२ हजार ३३९ संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा १६ हजार ६९९, छत्तिसगढमा १५ हजार २५६, कर्नाटकमा १४ हजार ७३८ र मध्य प्रदेशमा १० हजार १६६ जना संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति २०७८ वैशाख ३ गते शुक्रबार १२:३८
हजुरको प्रतिक्रिया