२०८३ कात्तिक ११ गते मंगलबार

भूकम्पमा परि चीनमा हालसम्म ३२ जनाको मृत्यु, ३८ जना घाइते

भूकम्पमा परि चीनमा हालसम्म ३२ जनाको मृत्यु, ३८ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २३ गते मंगलबार १०:३६

भुकम्पमा परि साथै ३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ ।

सिन्ह्वा ।

चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिंग्री काउन्टीमा आज बिहान स्थानीय समय (९ः०५ बजे) गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३२ जनाको मृत्यु भएको छ ।

भुकम्पमा परि साथै ३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ ।

१० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

भूकम्पको धक्का नेपालमा पनि महशुस गरिएको थियो । भूकम्पबाट नेपालतर्फ हालसम्म कुनै मानवीय क्षति नभएको सरकारले जनाएको छ ।

कडा तथा सामान्य धक्का महशुस भएका जिल्लामा हालसम्म मानवीय तथा अन्य क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार १०:३६
हजुरको प्रतिक्रिया