२०८३ कात्तिक ११ गते मंगलबार

पोखरा महोत्सवमा युनाईटेड छात्राबासका लागि सहयोग आउने क्रम शुरु

पोखरा महोत्सवमा युनाईटेड छात्राबासका लागि सहयोग आउने क्रम शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २७ गते शनिबार १०:५८

पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा युनाईटेड क्लबले पोखराको लेखनाथ स्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ । युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणका...

पोखरा ।

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा युनाईटेड क्लबले पोखराको लेखनाथ स्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ । युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणका लागि ५१ हजार सहयोग प्राप्त भएको हो ।

कास्की पोखरा १६ अर्मलाकोट पुरानो घर भइ हाल पोखरा १२ अन्नपूर्ण टोल निवासी स्वर्गीय छोेरा देव गुरुङको स्मृतिमा बाबा कमल बहादुर गुरुङ आमा रनसुबा गुरुङले युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड छात्राबास निर्माण सहयोगार्थ ५१ हजार दान स्वरुप पोखरा महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुलाई प्रदान गरेका हुन ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लबले पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबास निर्माण गर्दैछ । उक्त कार्यको महोत्सव अगाडी शिलान्यास भइसकेको र १३ औं पोखरा महोत्सव संमापन संगै निर्माण कार्यलाई अगाडी बढाइने युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए ।

युनाईटेड छात्राबासको निर्माण विभिन्न सहयोगी मनहरुको सहयोग, सरकारी निकायको सहयोग र युनाईटेड क्लबको सक्रियतामा निर्माण हुने भएकाले उक्त कार्यमा सहयोग गर्न चाहनेले महोत्सव स्थलमा समेत सहयोग गर्न सक्ने अध्यक्ष थापाको भनाइ रहेको थियो ।

महोत्सवको दोश्रो दिन दर्शकको उल्लेख्य उपस्थिती रहेको । महोत्सवमा उपस्थित दर्शकहरुलाई लोक तथा दोहोरी गायक राजु परियारले आफ्नो प्रस्तुती मार्फत मनोरन्जन प्रदान गरे । परियारले आफ्नो एकल गीत र दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । शुक्रबार महोत्सवमा राजु परियार संगै चालेन्द्र पौडेल, तुलसा क्षेत्री, मन्जु बिक, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमेश थापा मगर, हास्यब्यंग्य तर्फ बलराम गिरी सरकारको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए ।

महोत्सवको तेश्रो दिन शनिवार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी नवु, सनम तामाङ लगायतको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी लाइभ ब्याण्ड तर्फ शनिवार टुकी र स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

महोत्सवमा राखिएको आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको सेवा कक्षबाट आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखरा ११ रानीपौवा बाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एकजनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ । महोत्सवको दोश्रो दिन पोखरा ७ का बावुराम पौडेलले उक्त सेवामा निशुल्क सुविधा र पोखरा ८ का अर्जुन बहादुर गुरुङले उक्त सेवा ५० प्रतिशत छुट पाउने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

 

प्रकाशित मिति २०८१ पुस २७ गते शनिबार १०:५८
हजुरको प्रतिक्रिया