२०८३ साउन २१ गते बिहीबार

आ.व. २०२४–२५ को पहिलो ९ महिनामा म्यानमारद्वारा २० लाख टन बढी चामल निर्यात

आ.व. २०२४–२५ को पहिलो ९ महिनामा म्यानमारद्वारा २० लाख टन बढी चामल निर्यात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २७ गते शनिबार ०३:२०

२०२३–२४ आर्थिक वर्षमा, म्यानमारले १६ लाख टनभन्दा बढी चामल र टुटेको चामल निर्यात ग¥यो । जसबाट ८४ करोड ५० लाख डलरभन्दा बढी आम्दानी भएको महासंघले जनाएको छ ।

एजेन्सी ।

म्यानमार राइस फेडरेशन (एमआरएफ) ले २०२४–२५ आर्थिक वर्षको पहिलो नौ महिनामा म्यानमारले २० लाख टनभन्दा बढी चामल र भाँचिएको चामल निर्यात गरेको छ ।

दक्षिणपूर्वी एशियाली देशले गत वर्ष अप्रिलदेखि डिसेम्बरसम्मको निर्यातबाट ९४ करोड ८० लाख अमेरिकी डलर कमाएको एमआरएफले जनाएको छ । कुल चामलमध्ये ३ लाख ३७ हजार ४९० टन चामल र भाँचिएको चामल गत वर्ष डिसेम्बरमा निर्यात गरिएको थियो । जसबाट १४ करोड ५० लाख डलर राजश्व उत्पन्न भएको महासंघले जनाएको छ ।

नौ महिनाको अवधिमा देशले इण्डोनेसिया, चीन, फिलिपिन्स, नेदरल्याण्ड्स र बेल्जियम लगायत ३० भन्दा बढी देशहरूमा समुन्द्री र जमिन दुवै मार्गबाट चामल र भाँचिएको चामल निर्यात गरेको छ । २०२३–२४ आर्थिक वर्षमा, म्यानमारले १६ लाख टनभन्दा बढी चामल र टुटेको चामल निर्यात ग¥यो । जसबाट ८४ करोड ५० लाख डलरभन्दा बढी आम्दानी भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८१ पुस २७ गते शनिबार ०३:२०
हजुरको प्रतिक्रिया