२०८३ कात्तिक १० गते सोमबार

सिरियामा कुर्दिश लडाकुहरूको अन्त्य नजिकः टर्की विदेशमन्त्री

सिरियामा कुर्दिश लडाकुहरूको अन्त्य नजिकः टर्की विदेशमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २७ गते शनिबार ०३:२२

गत वर्षको डिसेम्बरमा पूर्व सिरियाली सरकारको पतनपछि अंकाराले कुर्दिश लडाकुहरू पूर्णरूपमा निःशस्त्र नभएसम्म उत्तरी सिरियामा सैन्य गतिविधि जारी राख्ने बताएको छ ।

एजेन्सी ।

सिरियामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी र सहयोगीहरूको अन्त्य नजिक रहेको टर्कीका विदेशमन्त्री हकान फिदानले बताएका छन् ।

स्थानीय र अन्तर्राष्ट्रिय मिडिया प्रतिनिधिहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै फिदानले २०२५ को लागि टर्कीको विदेश नीति प्राथमिकताहरूमध्ये एकको रूपमा सिरियाली क्षेत्रलाई आतंकवादबाट मुक्त गर्ने कुरालाई प्रकाश पारे ।

गत वर्षको डिसेम्बरमा पूर्व सिरियाली सरकारको पतनपछि अंकाराले कुर्दिश लडाकुहरू पूर्णरूपमा निःशस्त्र नभएसम्म उत्तरी सिरियामा सैन्य गतिविधि जारी राख्ने बताएको छ ।

२०१६ देखि टर्की सेनाले छिमेकी देशसँगको टर्कीको सिमानामा वाइपिजी मुक्त क्षेत्र सिर्जना गर्न उत्तरी सिरियामा धेरै सीमापार अपरेशनहरू सञ्चालन गरेको छ ।

प्रकाशित मिति २०८१ पुस २७ गते शनिबार ०३:२२
हजुरको प्रतिक्रिया