२०८३ साउन २१ गते बिहीबार

राजनीति

लुम्बिनीमा पनि अविश्वास प्रस्ताव, मुख्यमन्त्रीमा कुलप्रसाद केसी प्रस्तावित

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ६ गते सोमबार ०३:३७

पोखरा- नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्तावित गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चेतावनी...

पोखरा-

नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्तावित गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चेतावनी दिएको दुई दिन लगत्तै लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

दाहालले दुई दिन अघि कर्णाली पनि गण्डकी र लुम्बिनीको पनि प्रदेश सरकार परिवर्तन हुने र त्यसका लागि आफु लागि परेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

अविश्वासको प्रस्तावमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ जनाले हस्तक्षर गरेका छन् । लुम्बिनी प्रदेशमा नेकपा एमालेका ४१ जना साँसद छन् भने, नेपाली काँग्रेसका १९ नेकपा माओवादी केन्द्रका १७ र जनता समाजवादी पार्टीका ५ जना र राष्ट्रिय जनमोर्चाका १ जना साँसद रहेका छन् ।

नेकपा एमालेमा पनि माधव नेपाल र केपि शर्मा ओली पक्षीय भएकाले शंकर पोखरेललाई विश्वासको मत जुटाउन असम्भव जस्तै छ । लुम्बनी प्रदेश सभा ८७ सदस्यीय हो ।

माओवादी केन्द्रका २ जना साँसद नेकपा एमाले तिर लागेपछि सो पार्टीले उनीहरुलाई साँसदबाट बर्खास्त गरेका कारण लुम्बिनी प्रदेश सभा ८५ सदस्यीय भएको छ सो सभाबाट विश्वास लिन ४३ मत आवश्यक हुन्छ ।

 

No description available.

No description available.

No description available.

No description available.

प्रकाशित मिति २०७८ वैशाख ६ गते सोमबार ०३:३७
हजुरको प्रतिक्रिया