२०८३ साउन २१ गते बिहीबार

गोरखामा घाइते अवस्थामा फेला परेका एक वृद्धको मृत्यु, हत्याको आशंका

गोरखामा घाइते अवस्थामा फेला परेका एक वृद्धको मृत्यु, हत्याको आशंका

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ माघ ३ गते बिहीबार ०३:०८

तोप बहादुर पाठकको घाँटी, टाउको र खुट्टामा धारिलो हतियार प्रयोग गरि घाइते बनाएको अवस्थामा प्रहरीले फेला पारेकाे थियाे ।

गोरखा ।

गोरखा नगरपालिका–६ छहरे स्थित काडाँघाँरीमा धारिलो हतियार प्रयोग गरेर घाइते बनाएको अवस्थामा फेला परेका एक बृद्वको उपचारको क्रममा मृत्यु भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ६ छहरे बस्ने ८५ बर्षका तोप बहादुर पाठकको घाँटी, टाउको र खुट्टामा धारिलो हतियार प्रयोग गरि घाइते बनाएको अवस्थामा प्रहरीले फेला पारि उपचारका लागि जिल्ला अस्पताल गोरखामा पुर्याउदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिए ।

ती वृद्ध घाइते अवस्थामा बिहिवार बिहान १० बजे घर देखि करिब १०० मिटर दूरीमा फेला परेका थिए । साथै घटनास्थलबाट खुकुरी १ थान, ऊनीको टोपी १ थान फेला परेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ माघ ३ गते बिहीबार ०३:०८
हजुरको प्रतिक्रिया