२०८३ साउन २१ गते बिहीबार

पोखर–८ शिवालयचोकमा अवैध रुपमा उत्पादन भएका घरेलू मदिरा गरिएको नष्ट

पोखर–८ शिवालयचोकमा अवैध रुपमा उत्पादन भएका घरेलू मदिरा गरिएको नष्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ४ गते शुक्रबार ०७:१३

पहिलो पटक भएकाले सचेत गराएर छोडिएको छ ।

पोखरा ।

पोखरा महानगरपालिका–८ शिवालयचोकमा ठूलो मात्रामा अवैध रुपमा उत्पादन गरिएको घरेलू मदिरा नष्ट गरिएको छ ।

वडा प्रहरी कार्यालय बैदामले शिवालय चोकमा रहेको कृष्ण शेरचनको घरमा फ्याट लिई बसेका क्षितिन गुरुङ र एक महिलाले राखेको अवैध घरेलु मदिरा शुक्रबार नष्ट गरेको हो ।

घरेलु मदिरा ६० लिटर, मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ५ सय किलो र मदिरा उत्पादन गर्न तयारी गरिएको कच्चा पदार्थ ६ सय लिटर बरामद गरी नष्ट गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

पहिलो पटक भएकाले सचेत गराएर छोडिएको छ ।

प्रकाशित मिति २०८१ माघ ४ गते शुक्रबार ०७:१३
हजुरको प्रतिक्रिया