जारी निशेधाज्ञामा के बन्द, के खुल्ला ? हेर्नुहाेस् ।
पाेखरा । कास्कीमा यहि वैशाख १५ गते बिहान ६ बजेदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गर्ने गरि निशेधाज्ञा जारी भएकाे छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमद्वारा हस्ताक्षरित आदेशमा वैशाख १५ गते बिहान ६ बजेदेखि बैशाख २१ गते राती १२ बजेसम्म कास्की जिल्लाभर लागु हुने गरि अत्यावश्यक बाहेकका सेवा बन्द भएकाे उल्लेख गरिएकाे छ ।
कास्कीमा जारी निशेधाज्ञाकाे मार सवैभन्दा धेरै गण्डकी प्रदेशमा नयाँ सरकार गठनकाे तयारी गर्दै गरेका विपक्षीहरूलाइ पर्ने देखिन्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध साेमबार नै अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासकाे प्रस्ताव पेश गरेका हुन् । अविश्वास प्रस्तावकाे पक्षमै राजमाेले पनि मतदान गर्ने बताइरहेकाे छ ।
अविश्वासकाे प्रस्ताव सदनमा टेबल भइसकेपछि मतदानमा जाने समय सत्ता पक्षले जतिसक्दो धेरै लम्ब्याउन चाहान्छ भने विपक्षी दल तत्कालै टुंगो लगाउन चाहान्छ । यसअघि २ दिनसम्म संसदमा छलफल चल्ने र त्यसपछि मतदान हुने विपक्षीको भनाइ थियाे । काँग्रेस सांसद कुमार खड्काले समेत यसअघि ढिलोमा पनि १५ गतेसम्म मतदान हुने विश्वास व्यक्त गरेका थिए । तर, १५ गतेदेखि नै अत्यावश्यक बाहेकका सेवा वन्द गर्ने गरि निशेधाज्ञा जारी हुनुले सत्तापक्ष कतै यहि बहानामा सत्ता लम्ब्याउन खाेजिरहेकाे त छैन भन्ने शंका उव्जाएकाे छ ।
साेमबारकाे विशेष अधिवेसनमा समेत सत्ता पक्षीय दलका सचेतक मायानाथ अधिकारीले विपक्षीले पिसिआर नगरि यसरी सदनमा अनावश्यक भिड्भाड गर्न नहुने भन्नु र अहिले यसरी एकाएक निशेधाज्ञा जारी हुनु संयाेग मात्र मान्न नसकिने जसपा साँसद हरिशरण आचार्यकाे भनाइ छ । ‘ हामी त दुइ चरणकाे खाेप नै लगाइसक्याै, अहिले आएर सत्ता गुम्ने डरले आत्तिएर काेभिडकाे सहारा लिन खाेज्नु वा निशेधाज्ञालाइ बहाना बनाएर उनीहरू उम्कने ठाउँ छैन ।’ आचार्यले भने । “हामी त्यस्ताे नहाेस् भन्छाै, तर उनीहरू याेजनाबद्द रूपमा यसरी नै आएका हुन भने पनि यसले सत्ताधारीलाइ नै नाङ्गाे बनाउने छ।”
माओवादी केन्द्रका सांसद दिपक काेइराला भने निशेधाज्ञाले नयाँ सरकार गठनकाे प्रकृयामा असर नपुर्याउने बताउँछन् । ‘ निशेधाज्ञामा समेत अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द गर्ने भन्ने उल्लेख छ । कानुन अनुसार सरकार परिवर्तनकाे कुरा अत्यावश्यक कुरा हाे । यसर्थ, निशेधाज्ञाले यसलाइ असर गर्दैन । अर्काे, सत्तापक्ष निचताकाे त्याे हदसम्म जान्छ जस्ताे पनि लाग्दैन ।’ काेइरालाले भने । सत्ता पक्षले काेशिस गर्ने, सत्ता लम्बियाेस भनेर आस गर्ने कुरा स्वभाविक भएपनि त्याे हदसम्म नजानेमा आफू विश्वस्त गरेकाे काेइरालाकाे भनाइ छ ।
के छ कास्की प्रशासनले जारी गरेकाे निशेधाज्ञामा ?





