२०८३ साउन २१ गते बिहीबार

ग्लोरी ५६० एसयुभी नेपाल भित्रियो, यस्तो छ विशेषता र मुल्य

ग्लोरी ५६० एसयुभी नेपाल भित्रियो, यस्तो छ विशेषता र मुल्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २८ गते आइतबार ०१:४७

इन्डोनेसियन ब्राण्ड डिएसएफके ग्लोरी ५६० नेपाल भित्रिएको छ। डिएसएफकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपालले यहाँ १ वर्ष पूरा गरेको अवसरमा ग्लोरी ५६० भित्राएको हो । यसअघि कम्पनीले डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएको थियो। यूरो...

इन्डोनेसियन ब्राण्ड डिएसएफके ग्लोरी ५६० नेपाल भित्रिएको छ।

डिएसएफकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपालले यहाँ १ वर्ष पूरा गरेको अवसरमा ग्लोरी ५६० भित्राएको हो ।
यसअघि कम्पनीले डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएको थियो।

यूरो ५ मापदण्डको इन्जिन दिइएको ग्लोरी ५६० को १.५ लिटरको टर्बो पेट्रोल इन्जिनले अधिकतम ५ हजार ७ सय आरपीएममा १ सय ४८ बिएच पावर र १ हजार ८ सयदेखि ४ हजार आरपीएममा २३० एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै यसको इन्धन ट्याङ्कको क्षमता ५० लिटर रहेको छ।

कम्पनीले यसको सुरक्षमा विषेश ध्यान दिएको छ। यसले ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको छ।

यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ। त्यस्तै, १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पिड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर पाउन सकिन्छ।

यसमा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले , रिभाइज क्यामेरा, पुस स्टार्ट/स्टप बटम, कि लेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिन्छ।

कम्पनीले यो गाडीमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गरेको छ। त्यस्तै कम्पनीले यसको मूल्य ५७ लाख ५० हजार निर्धारण गरेको छ।

प्रकाशित मिति २०७७ भदौ २८ गते आइतबार ०१:४७
हजुरको प्रतिक्रिया