२०८३ कात्तिक ११ गते मंगलबार

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्य

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्य

अस्मिता खनाल

@Public 4K Tv

२०८१ माघ ८ गते मंगलबार १०:४८

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प ०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित...

तनहुँ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प ०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई सडकबाट खसेको थियो ।

मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।

 

प्रकाशित मिति २०८१ माघ ८ गते मंगलबार १०:४८
हजुरको प्रतिक्रिया