२०८३ साउन २१ गते बिहीबार

तनहुँ मोटरसाइकल दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो

तनहुँ मोटरसाइकल दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ८ गते मंगलबार ०२:२२


दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१प०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई सडकबाट खसेको थियो ।

पोखरा ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ ऋषिङ गाँउपालिका–६ चालिसे स्थायी घर भई व्यास ब्यास नगरपालिका–५ पाटन बस्ने अ.१९ वर्षीया सन्दिप आले र सोही ठेगाना भएका ४० वर्षीया मधु माया आले भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१प०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई सडकबाट खसेको थियो । मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ माघ ८ गते मंगलबार ०२:२२

हजुरको प्रतिक्रिया