२०८३ साउन २१ गते बिहीबार

३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला माघ १० गतेदेखि

३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला माघ १० गतेदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ८ गते मंगलबार ०६:१९

पोखरा ३३औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव माघ १० गतेदेखि सुरु हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सव २१ गतेसम्म चल्नेछ । यसपटकको महोत्सवलाई पृथक र चलायमान अर्थतन्त्रको...

पोखरा
३३औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव माघ १० गतेदेखि सुरु हुने भएको छ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सव २१ गतेसम्म चल्नेछ । यसपटकको महोत्सवलाई पृथक र चलायमान अर्थतन्त्रको आधारशिला बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव कार्यसम्पादन समिति संयोजक गोकर्ण कार्कीले जानकारी दिए ।

संघले आज पत्रकार सम्मलेन गर्दै महोत्सवमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ पनि समावेश गरिएको जनाएको छ । मेला र महोत्सवले आर्थिक गतिविधि बढाउने, रोजगार सिर्जना गर्ने, र अर्थतन्त्रलाई गतिशील बनाउने अध्यक्ष कार्कीले बताए । मेलामा नेपालका सातै प्रदेशका मौलिक उत्पादन, संस्कृति, र रैथाने परिकारलाई समावेश गरी निजी क्षेत्रबीच सहकार्यका नयाँ सम्भावना खोज्ने प्रयास गरिने उनको भनाइ छ ।

यस महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कारहरू, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी गराइनेछ । चौथो मोबाइल एक्सपोअन्तर्गत ५० प्रतिशतसम्म छुटमा माबवाइल खरिद, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा, र हरेक दिन ५ वटा डोर प्राइज उपलब्ध गराइनेछ ।

मेलामा औद्योगिक उत्पादन, कृषि जन्य वस्तु, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, र पर्यटन प्रवद्र्धनका साथै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । मेलामा देशका अन्य प्रदेशबाट असल अभ्यासहरूलाई समावेश गरी गण्डकी प्रदेशमा लगानी आकर्षित गर्ने उद्देश्य पनि राखिएको छ ।

प्रकाशित मिति २०८१ माघ ८ गते मंगलबार ०६:१९

हजुरको प्रतिक्रिया